गायिका रेश्मा बम्जनले ल्याइन नयां गीत ‘मैले क्यारम भो’ सार्वजनिक (भिडियो)

१८ असोज, काठमाडौं । गायिका रेश्मा बम्जनको नयां गीत ‘ मैले क्यारम भो ’ सार्वजनिक भएको छ । गायिका बम्जनले हाईलाईटस नेपाल मार्फत ‘ हाम्रो माया प्रिती साट्या कुरा सवलाई मालुम भो , कुरा काट्ने काटिरहन्छ मैले क्यारुम भो ’ बोलको गीत युटयुवमा सार्वजनिक गरेकी हुन् ।

माया प्रितीको कुरालाई समेटेर ल्याईएको यस गीतमा गायिका रेश्मालाई गायक उत्तम मगरले साथ दिएका छन् । गीतको शव्द संगीत राम कुमार रिमालले दिएका छन् । म्युजिक भिडियो उत्कृष्ट बनेको छ । माया गर्नेहरुको कुरा दुनियांले काट्छन तर कुरा काट्नेहरु काटिरहन्छ, माया गर्नेहरु गरिरहन्छ भन्ने म्युजिक भिडियोमा देखाउन खोजिएको छ ।

राहुल बराईलीले निर्देशन गरेको म्युजिक भिडियोमा नम्रता सापकोटा र नविन राईले अभियनय गरेका छन् । भिडियोको छांयाकन बासु न्यौपानेले गरेका छन् । गीतमा देवेन्द्र नेवाको एरेन्जमेन्ट छ । सेलो गीतबाट आफनो गायन यात्रा शुरु गरेकी गायिका रेश्मा बम्जनको यस अघि बजारमा आएको यो कान्छीको, गायक दिपक लिम्वुसंगको जन्ती लिएर आउ , भुल भएर देउ सजाए , च्याङवालाई देखेर , मायाले भरियो दिल जस्ता गीत श्रोता, दर्शकले रुचाएका थिए ।