मुना अर्याल : जसले धानेकी छिन नेपाल लोकस्टारको इज्जत

काठमाण्डौ । एपीवान टेलिभिजनबाट प्रशारण भईरहेको सिङ्गगिङ्ग रियालिटी शो ‘नेपाल लोकस्टार’मा एक्ली मुना अर्याल उत्कृष्ठ ९ भित्र पर्न सफल भएकी छिन् ।

अहिले अर्यालले मात्रै चेलीहरुको तर्फबाट प्रतिनिधित्व गरेकी छिन् । अन्य चेलीहरु यसअघिकै श्रृखलाबाट बाहिरिइसकेका छन् ।

एकपछि अर्को चरण गर्दै अगाडि बढिरहेकी अर्याल शुक्रबारको श्रृखलाबाट उत्कृष्ट नौमा पर्न सफल भएकी हुन् । चितवनकी अर्याल उत्कृष्ट गायन शैलीका कारण विभिन्न राउण्डहरु पार गर्दै भोटिङ्ग राउण्डमा पनि दर्शकहरुको माया पाउन सफल भइरहेकी छिन् ।

शुक्रबार अर्घाखाँचीका सुशील आचार्य बाहिरिएका छन् । अब उत्कृष्ट नौमा अर्यालसहित बिनोद दनुवार (उदयपुर), चेतन गोतामे (स्याङजा), दीपेन्द्र राइ (भोजपुर), पबिन्द्र सुनार (बाजुरा), प्रभुराज पाण्डे (बाजुरा), रामकुमार नेपाली (रामेछाप), रविराज शाह (सर्लाही ) र शनि विश्वकर्मा (रोल्पा) रहेका छन् ।

नेपालकै सर्वाधिक पुरस्कार राशी भएको उक्त ‘रियालिटी शो’ को विजेताले ५० लाख नगद, दोस्रो हुनेले २५ लाख नगद तथा तेस्रो हुनेले १० लाख नगद पुरस्कार तथा उत्कृष्ट १२ जनाले विश्व भ्रमण प्याकेज पाउनेछन् ।

साथै तिनै विजेताहरुलाई एल्बमको कन्ट्रयाक्टको व्यवस्था पनि रहेको छ । कार्यक्रमका निर्णायकहरु सुनिता दुलाल, जयनन्द लामा, रामजि खाँड र बि.बि. अनुरागी रहेका छन् ।