पत्रकार मनु धमला मोडलिङमा जम्दै, वालापन सार्वजनिक (भिडियोसहित)

साउन १४, काठमाण्डौ । प्राइम टाइम्स टेलिभिजनकी पत्रकार मनु धमला मोडलिङमा पनि जम्दै गएकी छिन् । उनै धमलाले अभिनय गरेको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बालापनको उत्सुकता र चन्चलतालाई ऊजागर गर्दै ‘वाला पन भाग्दै’ वोलको गीत सार्वजनिक गरिएको हो । धनकुटा खबरको युटुव च्यानलवाट उक्त गीत सार्वजनिक गरिएको हो ।

यसअघि धमलाले पल शाहसँग पनि अनस्क्रिन रोमान्स गरेकी थिइन् । शाह र धमलासहित अन्य कलाकार संलग्न १४ अन्चल बोलको गित निकै लोकप्रिय भएको थियो ।

धमला अभिनित गितमा भर्खर मात्रै गायन यात्रामा पाइला टेकेकी पाख्रीवास नगरपालिका ७ मुगा, धनकुटाकी सुमिना बराइलीले स्वर दिएकी छिन् ।

मिठो स्वरकी धनी सुमिना बाल्यकालदेखि नै गायनमा रुची राख्ने गर्थिन् । अहिले त्यही स्वरको सदुपयोग गर्दै उनी एक पछि अर्को गीत रेकर्डिङमा लागेकी छिन् । पढाईसंगै गायनमा लागेकी उनी गायनलाई नै भविश्य बनाऊने सोच लिएर अघि बढेको बताऊछिन ।

गीतमा टिपिकल शब्दभएकोले शब्दअनुसार लय भर्ने प्रयास गरेको बताऊदै संगितकार साजन राईले सम्पूर्ण टीमले नै गीतलाई न्याय दिने प्रयास गरेको बताएका छन । वुद्विमान वराईलीको शब्द रहेको उक्त गीतमा चन्दु गोर्खालीले लय भर्ने काम गरेका छन ।

ओम प्रकाश निरौलाद्वारा निदेशित भिडियोको अवधारणा विष्णु विक्रम निरौलाको रहेको छ । त्यस्तै युगराज खड्काले चित्रमा ऊतारेको उक्त गीतको नृत्यनिर्देशन अश्मिता श्रेष्ठले गरेकी छिन् ।