ऋषि धमलाको छोरा विदेश, फर्किदा यस्तो अवस्था (भिडियोसहित)

असार ८, काठमाण्डौ । चर्चित पत्रकार ऋषि धमलाले मोडलिङ गरेको गितको भिडियो सार्वजनिक भएको छ । केही दिनअघि सार्वजनिक भिडियोमा धमला बाबुको भूमिकामा देखिएका छन् ।

‘मेरो बा आमा’ बोलको गीतमा धमलाले अभिनय गरेका हुन् । नोरेन श्रेष्ठको शब्द र संगीतमा तयार गीतमा धमलाले निकै राम्रो अभिनय गरेका छन् । भिडियोमा धमलाको साथमा कविता आले आमाको भूमिकामा छिन् भने यूडी गुप्ता छोराको भूमिकामा देखिएका छन् ।

गीतले विदेशमा काम गर्न गएर ज्यान गुमाउने नेपाली युवाको कथा बालेको छ । गीतको रचनाकार जोया श्रेष्ठ हुन् । धमलाले म्युजिक भिडियोमा मोडलिङ गरेको यो पहिलोपटक भने होइन । उनले केही गीतमा अभिनय गरिसकेका छन् ।