एसएसडिपीका लागि जापानले दियो नेपाललाई झण्डै ३१ करोड

काठमाण्डौ । जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३० करोड ८० लाख अनुदान उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले र मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले उक्त अनुदान सम्झौतामा हस्ताक्षर गरे । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षाको आधारभूत तथा माध्यमिक शिक्षाको कार्यान्वयन गर्ने उक्त कार्यक्रमको उद्देश्य÷गुणस्तरीयता अभिवृद्धि तथा अध्ययन÷अध्यापनको सुधार भएको अर्थमन्त्रालयले जनाएको छ ।

त्यस्तै राजदूत साइगोले शिक्षामा बालबालिकाको पहुँच सुनिश्चित हुनु दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा सहयोग पुग्ने बताएका थिए ।