बिना लगानीमा विद्यालयको मालिक बन्ने सुनौलो अवसर

काठमाण्डौ । काठमाण्डौको कलंकीमा सञ्चालित एक विद्यायले बिना लगानीमा विद्यालयको मालिक बन्ने सुनौलो अवसर सृजना गरेको छ ।

विद्यालयमा शिक्षण पेशा अपनाउँदै गर्दा तलब मात्रै हौइन, मिहिनेती शिक्षकलाई विद्यालयको शेयर नै दिलाउने उद्धेश्यले फरक किसिमको अवसर सृजना गरिएको उक्त विद्यालयले जानकारी दिएको छ ।

विद्यालयले विद्यालयको शेयर प्राप्त गर्नका लागि शर्तहरु पनि अघि सारेको छ ।

शर्तहरु :

–काठमाण्डौको कलंकी क्षेत्र संचालित विद्यालयमा काम गर्न सक्ने
–सम्बन्धित विद्यालयमा तीन वर्ष शिक्षण पेशा गर्नुपर्ने
–शिक्षण पेशा गरेको अवधिभर तलब दिइने
–क्षमता र योग्यता प्रभावकारी भएमा १ वर्षमै मालिक बनाइने

माथि उल्लेखित शर्तहरु पूरा भएमा विद्यालयको ३ देखि ५ प्रतिशत शेयर प्रदान गरेर मालिक बनाइने विद्यालयले दावी गरेको हो ।

शर्तहरु पूरा गर्न सक्नेले ९८०३००५३०३ मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुनेछ ।