रेडमी सिक्स ए र एम आई ए टु नेपाली बजारमा

काठमाण्डौ । मोबाइल उत्पादक कम्पनी साओमीले रेडमी सिक्स ए र एम आई ए टु नेपाली बजारमा भित्र्याएको छ ।

काठमाण्डौको एक होलटलमा आयोजित कार्यक्रममा नयाँ मोडलका मोबाइल सार्वजनिक गरिएको हो । उक्त मोबाइलमा १२ जिबी ¥याम ६४ जिबी रोम, १२ मेगापिक्सल रेयर क्यामेरा, ५ मेगापिक्सल फ्रन्ट क्यामेरा, एन्ड्रोइड ६.१ मार्समलो लगायत सुविधा छन् । फोनको बजार मूल्य १८ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ ।

कम्पनीले मे १ तारिखसम्मको लागि अफर योजना अन्तर्गत प्रत्येक रेडमी ४ एक्स फोनको खरिदमा ९ सय ९९ मूल्य बराबरको मि इन एयर हेडफोन दिने घोषणा गरेको छ । यो सेवा मिका न्यूरोड र लबिम मल को सोरुम, मि नेपालको अफिसियल वेबवाइट साथै नेपालभरका खुद्रा पसलबाट प्राप्त गर्न सकिने जनाइएको छ ।

चिनियाँ कम्पनी साओमीको आधिकारिक विक्रेता वत्सल इम्पेक्स हो । विभिन्न इलेक्ट्रोनिक्स सामानहरु तथा स्मार्टफोन विक्रेता रहेको साओमीले नेपाली बजारमा आफ्नो ग्राहकलाई उपभोग्य सामाग्रीबाट सन्तुष्ट बनाउँदै आएको छ ।