मुख्य समाचार
काठमाडौं महानगरले गर्‍यो ११४ मन्दिर सहित २४१ संरचना सफाइ

काठमाडौं महानगरले गर्‍यो ११४ मन्दिर सहित २४१ संरचना सफाइ

काठमाडौं ।काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको २ महिनाभित्र २४१ वटा साना ठुला मन्दिर,हिटि,कुवा र पोखरीको सरसफाइ गरेको छ। महानगरले गएको आर्थिक वर्षभरिमा ३ सय ३३ वटा साना ठुला मन्दिर सरसफाइ गरेको थियो । महानगरपालिकाको स्वर्णिम योजना ‘सम्पदा मर्मत तथा संरक्षण’ कार्यक्रमअन्तर्गत मन्दिरहरुको सरसफाइ भएको हो । सरसफाइमा क्रममा सम्पदा क्षेत्रको प्राङ्गण, बत्ती बाल्ने ठाउँ, घण्टी, […]

समाचार
प्रधानमन्त्री ओलीसँग कांग्रेस रुष्ट

प्रधानमन्त्री ओलीसँग कांग्रेस रुष्ट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता साझेदार ठुलो दल नेपाली कांग्रेसका नेताहरू रुष्ट देखिएका छन् । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सरकारमा सँगै हुँदा पनि एकलौटी निर्णय गराउन खोज्ने र बोल्दा पनि...

राजनीति
स्टन्टबाजी गरेर प्राकृतिक विपद् पीडितलाई अलपत्र नपारौं- डा.भट्टराई

स्टन्टबाजी गरेर प्राकृतिक विपद् पीडितलाई अलपत्र नपारौं- डा.भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का महाधिवेशन आयोजक समिति संयोजक डा.बाबुराम भट्टराईले प्राकृतिक विपद् पीडितलाई सरकारले अलपत्र पार्न नहुने बताएका छन्...

व्यक्ति/व्यक्तित्व
अकबरे खुर्सानीमा रमाउँदै संगीता

अकबरे खुर्सानीमा रमाउँदै संगीता

भोजपुर जिल्लाको भोजपुर नगरपालिका-५ बोखिमकी युवा उद्यमी संगिता श्रेष्ठ अहिले व्यावसायिक अकबरे खुर्सानीमा रमाउदै छिन् । देशमै केही गरौं भन्ने हुटहुटी र कृषिमा सम्भावना देखेकी उनी युवा कृषि उद्यमीको रुपमा परिचित छिन् । कृषि केही होइन र यसमा भविस्य छैन भन्दै शहर पस्ने वा विदेशीने युवाको लागि संगीता सकारात्मक उदाहरण बनिरहेकी छन् ।गाउँमा नै कृषि […]

ट्रेन्डिङ

अर्थ / व्यापार
मह बेचेर वार्षिक चौध लाख कमाउँछिन् नन्दकला

मह बेचेर वार्षिक चौध लाख कमाउँछिन् नन्दकला

जानकी (बाँके) । कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक रु १४ लाख आम्दानी गर्दै आएकी छिन् । एक सय ३० घार मौरीपालन गरेकी उनले मह बेचेर वार्षिक रु १४ लाख नाफा हुने गरेको बताइन् । एक सय ३० घार मौरी लिएर चराउन सुर्खेतको लेकफर्सामा पुग्ने गरेको सिजालीले बताइन् । उनी बाँके, […]

विश्‍व
बिहारको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातको मृत्यु, नौ घाइते

बिहारको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातको मृत्यु, नौ घाइते

विहार, २८ साउन । भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका छन् । बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त दुःखद् घटना भएको हो । घटनाको पुष्टि गर्दै जेहानाबादका जिल्ला प्रशासक अलङ्कृता पाण्डेले बाबा सिद्धनाथ मन्दिरमा भएको भागदौडमा मृतक तथा घाइतेको पुष्टि […]

प्रवास
यी ४ दिदिबहिनी : जसले भारतीय राजपरिवारमा नाता जोडे

यी ४ दिदिबहिनी : जसले भारतीय राजपरिवारमा नाता जोडे

नेपाली परिवारमा जन्मिएर भारतिय उच्च राजपरिवारमा नाता जोड्ने चार दिदीबहिनीको जीवन कम्ता रोचक छैन ।यी आकर्षक व्यक्तित्वशाली महिलाहरु नाताले एउटै परिवारका दिदीबहिनी हुन्।अझै अचम्म त एउटै परिवारका दिदिबहिनी नै प्रकारान्तरले एक अर्काका सम्धिनी पनि हुन् । यी चारै जनाको माइती नेपालको सम्भ्रान्त राणा परिवार हो । बिवाह गरेपछि भने उनीहरु भारतका विभिन्न ठाउँमा पुगे । […]

सूचना-प्रविधि
आजैदेखि नेपालमा टिकटक चल्ने

आजैदेखि नेपालमा टिकटक चल्ने

काठमाडौं । सरकारले सामाजिक संजाल टिकटक माथीको प्रतिबन्ध हटाउने भएको छ।आज बस्ने मन्त्रीपरिषद बैठकमा संचार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक प्रतिबन्ध हटाउने प्रस्ताव पेश गर्ने र त्यसपछि टिकटक चल्ने छ। सरकारले बिहिबारबाट चल्ने गरी सामाजिक संजाल टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका एक नेताले जानकारी दिए।उनका अनुसार संचार मन्त्री पृथ्वीसुब्बा गुरुङले […]