त्रिवि प्राध्यापक संघकाे अधिवेशनबारे
मनोज कुमार कर्णत्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ (त्रिवि प्रा. संघ, TUTA) काे पाँचाैं राष्ट्रिय अधिवेशन गत मिति २०८० मंसिर ७, ८ र ९ गते ताेकिएकामा उद्घाटन विधिवत् हुनुबाहेक अन्य प्रक्रिया शुरू नै हुन सकेन । बाँकी चुनावी प्रक्रियाकाे लागि करीब साढे हप्ता अघि गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे सूचना अनुसार आगामी यहि आषाढ ७ र ८ गते मिति ताेकिएकाे छ ।
गत मंसिरमा टुटा अधिवेशन राेकिनुकाे पछाडि विभिन्न कारणहरू छन् जसमध्ये प्रमुख रूपमा प्रतिनिधि छनाैट प्रक्रिया विवाद नै रहेकाे छ । प्रतिनिधि छनाैट प्रक्रियामा विवाद हुनुमा पनि कारणहरू प्राय: ठूला हरेक प्राध्यापक संघ-संगठनमा विवाद, समयमा एकाई तथा केन्द्रीय अधिवेशनहरू नहुनु र एकाईबाट प्रतिनिधि चुन्दा विधानत: भन्ने तर सहमतिका काममा ठूला प्राय: प्राध्यापक संघ-संगठनहरूले ताेकिएकाे रशियाेमा आफ्ना प्राध्यापक रहे पनि कसैले स्वार्थवश सीट गुमाउने भने कम् प्राध्यापक संख्या रहेकाे समूहले दबावमा प्रतिनिधि बढाउने दाउमा रह्नु आदि छन् ।
यसअघि पनि त्रिवि प्रा. संघकाे राष्ट्रिय अधिवेशनमा अड्चन आउँथ्याे वा विविध पेशागत मागकै कारणले पनि अड्चन हुन्थ्याे तर सराेकारवालाले प्रश्न उठाएपनि प्राज्ञिक जेन्यून अजेण्डा पूरा हुँदा खासै आलाेच्ना हुँदैनथ्याे। तर सबैकाे एकमत के छ भने टुटालगायत सबै विश्वविद्यालयका अधिवेशहरू भएपछि मात्र नेपाल प्राध्यापक संघ (NUTA, नुटा) काे महाधिवेशन विधानत: हुने भएकाेले देशमा वा विश्वविद्यालयकाे प्राध्यापक छाता संघमा विशेष परिस्थित सबैले प्रत्यक्ष बुझ्ने, देख्नेबाहेक नि:शर्त समयमा नै अधिवेशनहरू हुनुपर्छ ।
गत मंसिरमा प्रतिनिधि विवादकाे कारणले राेकिएकाे भनिएपनि साे बेला काँग्रेससँग माओवादीकाे सत्तामा सहयात्रा हुँदा माओवादी निकट मानिने नेपाल राष्ट्रिय प्राध्यापक संगठनले त्रिवि कुलपति तथा प्रम प्रचण्डलाई प्रयाेग गरेर टुटामा विभिन्न टुक्रामा रहेका कम्युनिस्ट प्राध्यापक संगठनहरूले पदाधिकारी बन्न सक्ने अवस्था सबैले लसूनकाे गेडीहरू नमिलेर चुनावमा देखाउनलाई एउटै जब्बामा टाँसिएर पनि नरहेकाेले सित्तैमा काँग्रेस सभापति शेरबहादुर देउवालाई फकाएर टुटामा पदाधिकारी माओवादी निकट प्राध्यापकहरूले बठ्याईं गरेर भाग खाेज्याे, सरकारमा सहयात्राकाे कुतर्क दिएर । त्यसमा सहजै काँग्रेस निकट मानिने प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल (DEPAN) का अध्यक्ष देउवा निकट जगतप्रसाद तिमल्सिनाले “हुन्छ” भनिदिएकामा प्रष्टरूपमा उता सबै वामपन्थीले मिलेर गरेकाे बठ्याईंमा डेपानका सच्चा अनुयायीहरूले लाेकतन्त्रमाथि आफ्नै नेतृत्वहरूकाे सत्तास्वार्थ र विभिन्न लाेभलालचले खत्तरा ठानेर देउवा-तिमल्सिनालाई निर्णय सच्याऊ नत्र हुँदैन भन्ने अडान लिंदा वामपन्थीहरूले आफ्ना गैह्रप्राज्ञिक तथा वामपन्थी विचार लाद्ने “शर्ट्-काट्” मेथडले भाँडेकाे नस्वीकारेर उल्टाे डेपानकाे आन्तरीक विवाद भन्याे तर वास्तविकता सराेकारवाला सबैलाई, उहाँहरू वामपन्थीलाई, पनि थाहा छ ।
हाल केन्द्रीय सत्ता राजनीतिमा काँग्रेस र लाेकतान्त्रिक शक्तिहरू प्राय: बाहिर र वामपन्थी दलहरू उनै माओवादी अध्यक्ष प्रचण्ड ज्यूकाे सरकारमा एमाले (निकट मानिने नेपाल प्रगतिशिल प्राध्यापक संगठन) हरू रहेका, प्रचण्डकै कारण देउवाले आफ्नाे सत्ता खाेसिएकाेले बरू एमालेसँग मिलेर जाने मनसुबामा अब उनै डेपान अध्यक्षले आफ्नाेपनि स्वार्थ त्रिविमा रजिष्ट्रार बन्ने पूरा माओवादी प्रचण्ड- भिसि केशरजंग बरालहरूका कारणले पूरा नभएकाेले “रिस”मा आएर “बरू, सभापति डेपानले लिने र सबै पदाधिकारी टुटामा एमाले निकट प्रगतिशिललाई दिने” भन्ने गरेका अरूहरूकाे मुखबाट सुनिन्छ । तर उहाँ डेपान अध्यक्ष आफूले २०६६ सालदेखि निरन्तर डेपानमा काेषाध्यक्ष, महासचिव र अध्यक्ष खाएर हाल तीन वर्षकाे ठाऊंमा आठाैं वर्ष अध्यक्ष खाईरह्ने मान्छेले यति गैह्रजिम्मेवार हुनुहाेला भन्ने कसैलाई पनि डेपानमा लागेकाे छैन । तर “आगाेले सुनकाे शुद्धता परिक्षण गर्छ” भन्ने झैं अब टुटाकाे अधिवेशनमा आफ्नै डेपानलाई समन्याय र सबैकाे अभिभावकत्वग्रहण गरि एक ढिक्का भएर वामपन्थीसँग चुनावमार्फत् वैचारिक प्रतिस्पर्धामा लाने कि लुकेर “साँठगाँठ” आराेपलाई पुष्टि गर्नेगरी जाने हाे, त्याे बाेलाई र गराईमा एकरूपता अर्थात्, व्यवहारले लिट्मस पेपर परीक्षण गर्नेछ ।
वामपन्थीकाे याे “चाला” करीब ५५-६० प्रतिशत भाेटर भएका डेमाेक्रेट प्राध्यापकहरूले भिसि वा कुलपति कसैकाे दबावमा सफल हुने दिने छैन । वामपन्थी राममाण श्रेष्ठ नुटा अध्यक्ष विगतमा रहेका बेला डेमाेक्रेट दुर्गाप्रसाद (डीपी) भण्डारी नवनिर्वार्चित अध्यक्ष महाधिवेशनबाट आउँदा श्रेष्ठ कम्युनिस्टले हस्तान्तरण नै नगरेर भण्डारीकाे निकै समय लट्काएर राखिदिएर “रूवाएका” वामपन्थी लिचर चरित्र देखिसकेका र इतिहास बुझेका हरेक सच्चा डेपान (डेमाेक्रेट) सिपाहीले यस पालि आफ्नाे भाेटमा नै सबैलाई चुनाव लड्न बाध्य पार्नेछन् तर लाेभलालच वा दबावमा देउवा, तिमल्सिना, प्रचण्ड, ओली, वाम त्रिवि पदाधिकारी कसैकाे दबावमा डेपानकाे भाेटमा वामेलाई टुटा-नुटा पदाधिकारी दिने छैनन् ।
हुनत डेपान अध्यक्ष तिमल्सिना अवैधानिक अध्यक्ष मात्रै हुनु नभई विना विधान अधिवेश डेपानकाे विधान चलाएर गलत अभ्यास गरेकाे र डेपानकाे लेखापरीक्षण आठ वर्षमा पनि नगराएकाे गम्भीर आराेपहरू झेल्दै हुनुहुन्छ ।
वर्तमान टुटा केन्द्रीय टिमकाे कार्यकाल पनि दाेब्बर नै पनि सकिसकेकाे तथा खासै पर्फाेर्मेन्स पनि विविध कारणले कसैले अनुभूति गर्न नसकेकाेले सबै यस टीमकालाई एक साथ चाँडाे विदाई हाेस् र विधिवत्, मर्यादितरूपले टुटा अधिवेशन सम्पन्न हाेस् भन्ने चाहेकाे सुनिन्छन् । स्तम्भकारकाे बुझाई भने टुटाकाे यस टीमकाे अक्षमताभन्दा पनि विभिन्न परपस्थितिले पर्फाेर्मेन्स राेकेकाे हाे । हाे, केही जना टीममा भने स्वयंलाई अति सक्षम भनी दाेहरिन र पदाेन्नति सहित दाेहरिन स्वयंकाे प्रचारबाजी “सबैले मलाई नै बस भन्छन्” गरेकाे कताकता सुनिन्छ, जुन प्राज्ञिक मर्यादाले सुहाउँदैन ।
त्रिवि पदाधिकारी तथा नुटाकाे दबाव
गत माघ-फाल्गुण २०८० सालमा माओवादी सुप्रिमाे, त्रिविका कुलपति तथा प्रम प्रचण्डले त्रिविमा विज्ञापन गराउनु भएर विचित्रकाे शैली देवेन्द्र पाैडेल र अन्यमार्फत् गराउनुभएर अन्तिम तीन नाम भिसिमा सिफारिश गरिंदा केवल वामपन्थी प्राध्यापकलाई “याेग्य” देखेर वर्तमान भिसि दाेस्राे नम्बरमा सिफारिश प्राडा केशरजंग बराललाई नियुक्त गर्नुभयाे र, रेक्टर-रजिष्ट्रार सिफारिशसम्म बराललाई अपमान पनि एमाले अध्यक्ष केपी ओलीकाे पेलानमा सरकार टिकाउनलाई गर्नु भयाे तर हाल प्रचण्ड कुलपति र उपकुलपति बराल ज्यूहरूकाे ट्यूनिङ् शायद मिलिसकेकाेले चारैतिर समितिहरू, नियुक्तिहरूमा पुन: पहिला माओवादी र पछि एमाले निकट प्राध्यापकहरूलाई मात्र “याेग्य” देख्दै हुनुहुन्छ ।
यहाँ संक्षेपमा भन्नुपर्दा केपी ओली र प्रचण्डहरूले वामपन्थी त्रिवि पदाधिकारीहरू निष्ठावानमाथि राजनैतिक घटिया दबाव दिएर टुटा-नुटा नेतृत्वमा कब्जागर्ने शैलीमा दबाव दिंदा त्रिवि पदाधिकारीहरूले पनि टुटा वर्तमान समितिमाथि उनीहरूले माओवादी-एमाले निकट मात्र प्राध्यापककाे नियुक्तिहरूमा बाेल्दा “तपाईंहरू टुटाकाे अधिवेशन कहिले ?” भनेर ह्यूमिलिएशन गरेर यता भट्टाभट्ट एकतर्फा अनैतिक प्राय: वामपन्थीकाे नियुक्तिहरू गरिंदैछ । आफ्नाे नैतिकतालाई ताकमा राखेर अरूकाे नैतिकता खाेज्नेमाथि वर्तमान टुटा सभापति र समग्र टिमले हस्तान्तरण नहुञ्जेल र निर्वाचन प्रक्रिया गत मंसिरमै थालिसकेकाेले बढी नकराउन कडा प्रतिवाद गर्नुपर्थ्याे ! प्राध्यापक संघ आधिकारिक छाता संघलाई पदाधिकारीले दबाव, पेलान दिन मिल्दैन, त्याेपनि आफू निकटका प्राध्यापकहरूलाई अनैतिक रूपले भर्नलाई ।
त्रिवि पदाधिकारीकै दबाव तथा काँग्रेस सभापति देउवा र डेपान अवैधानिक अध्यक्ष तिमल्सिनाहरूका अगाडी, शक्तिकाे सामु बाध्य भएर, नुटा अध्यक्ष प्राडा रमेश जाेशीपनि टुटा बड्डीलाई नुटामै बाेलाएर “छिट्टाे अधिवेशन गर्नलाई दबाव” दिएकाे भनिन्छ ।
निर्वाचन समिति तथा टुटाकाे गृहकार्य पुगेन
त्रिवि पदाधिकारीले मातृ दल निकट नेताबाट दबावमा आएर टुटामाथि जतिसुकै “अधिवेशन मिति कहिले ?” भनेर आफ्ना दलीय गन्ध आउने गतिविधिमाथिकाे प्रश्न राेक्न मुख थुनेपनि स्वयं भने वैधानिक टुटा टिम नयाँकाे माग अवैधानिक र गैह्रप्राज्ञिक रूपमा खाेजिरह्नुभएकाे छ । उदाहरणकाे लागि गत मंसिरमा चुनाव गराउन नसकेकाे निर्वाचन समिति नयाँ गठन हुनुपर्छ कि पर्दैन ? दाेस्राे कुरा, हाल पनि करिब ३-४ हप्ता अघि नै आषाढ ७ र ८ गते टुटा अधिवेशनकाे बाँकी निर्वाचन प्रक्रिया ताेक्दा जहाँ-जहाँ प्रतिनिधि विवाद रहेकाे, निवेदन परेकाे वा दाेहराे प्रतिनिधि लिस्ट आएका छन्, त्यहाँ-त्यहाँ राराब क्याम्पस जनकपुरधामकाे जस्ताे एकल संक्रमण गाेप्य मतदान गराएर खुल्ला प्रतिस्पर्धाबाट याे निर्वाचन समितिका विद्वान मित्रहरूले प्रतिनिधि निर्विवादित मात्र आऊ है भनेर किन ईमेल, फाेन, फ्याक्स-पत्रमार्फत् भनेनन् ? तेस्राे, चाहे डेपान हाेस् वा प्रगतिशिल वा राष्ट्रिय प्राध्यापक संगठन, जहाँपनि आन्तरीक विवाद छ, याे ध्रुव सत्य हाे किनकि त्रिवि पदाधिकारीहरू नियुक्ति तथा वैचारिक प्राध्यापक संघ-संगठनकाे अधिवेशन राेकिनुले नै पुष्टि हुन्छ ।
यस्ताेमा निर्वाचन समिति वा टुटाका पदाधिकारीले बारम्बार सराेकारवालाहरूकाे सल्लाह “टुटामै भएपनि विद्राेहीसहित सबै वैचारिक संघ-संगठनसँग २-२ जना प्रतिनिधिसँग सहमति नहुञ्जेल पटकपटक बस”लाई नसुनेर एकहाेराे केबल वैचारिक संघ-संगठनका अवैधानिक अध्यक्षहरूलाई नुटामा वा कतै भेट्नु नै अधिवेशनकाे निष्पक्षतामा निर्वाचन समितिकै अयाेग्यताले पनि प्रश्न उठाईदिएकाे छ । नुटापनि जिम्मेवार भएर “एकतर्फी नबस है टुटा !” भनेर भनेन र अधिवेशनकाे मिति ताेकेर समय नष्ट गर्ने काम भएकाे छ ।
हालपनि गत आषाढ २ गते आईतवार निर्वाचन समितिले वैचारिक संघ-संगठनकाे नाममा असली विद्राेहीसँग नबस्ने, विद्राेहीकाे नाममा पीपलपाते हल्कारासँग बस्ने गरेकाे तर सबैलाई समेटेर निर्विवाद हुनेगरी सार्थक परिणाम ल्याउने हिसाबले टुटा निर्वाचन समिति, टुटा-नुटा बड्डीकाे अभ्यास भएकाे देखिंदैन ।
वैचारिक संघ/संगठनका अवस्था
वैचारिक संघ-संगठनमा प्राय: हरेकमा हाल माथि उल्लेख गरिएझैं विवाद रहेकाे, प्राय: ले जति पदमा बसेपनि अझ बस्ने (शक्तिमा रह्ने तर पढाउनु नपर्ने र संस्थाकाे पैसा खर्च गर्न पाईरहने र यता पेशागत माग, एकता आदिमा माखाेपनि मार्न नसक्ने आदिहरू) लाेभीपापी, प्राध्यापककाे नाममा विश्वविद्यालय डुबाउने र “म बाहेक काेहीपनि याेग्य छैन वा, आफू विगतमा चान्स टुटा-नुटामा पाउँदा याेग्य तर चान्स नपाउने जति बेवकूफ” भन्ठान्ने केही संख्यामा अवश्य छन् । प्राज्ञिकता, अनुसन्धान, लेखनभन्दा नेताकाे चाकडीमा पद पड्काउने अनैतिकहरू, पदाेन्नती भएका तथा हुने बेईमानहरूकाे संख्यापनि त्रिवि र देशमा ठूलै छन् । यस्ताहरूले आफ्नाे दुनाे साेझ्याउन कुतर्क दिने, टुटा कब्जाकाे अवैधानिक धम्की दिने, काेही आफ्नाे प्राध्यापक वैचारिक समूहमा ओैंलामा गन्ति गरिनेजति मात्र संख्या रहेकाेले “अधिवेशन नै नभई कथित् रूपमा सबै वामपन्थीले मिलेर नयाँ घाेषणा टुटाका पहिला भएकाबाट नै गरिदिने” अवैधानिक र गैह्रप्राज्ञिक एऊटा वडाध्यक्षमा लड्नेकाे जस्ताे तल्लाेस्त्तरकाे तर्क दिएर बसेकाहरू छन् ।
तर त्रिवि समग्र, समग्र प्राध्यापकका हकहित आदिलाई ध्यानमा राखेर त्रिवि पदाधिकारीहरूले टुटा-नुटाकाे अधिवेशन चाहेका छन् भने स्वयंले पनि राजनैतिक लगाव राखेर कसैमाथि दबाव नदिने, भाेटिङ्गले निर्वाचित भएर सहज वातावरणमा निर्विवाद आउन दिने र उम्मेदवारहरू वैचारिक संघ-संस्थाले ताेक्दा भाषण, नेता (शक्ति) काे पहुँचभन्दा विश्वविद्यालय, उच्च शिक्षा, स्वायत्तता, डिसेन्ट्रेलाईजेशन, प्राध्यापक संघकाे गाैरवशाली विगत बुझेका, लाेकतन्त्रका लागि ज्यान र सर्वस्व गुमाएका हाम्रा प्राध्यापकका कुराहरू सम्झेर गर्नुपर्ने निरन्तर प्रेरणा र सकारात्मक दबाब पनि दिनुपर्छ ।
संक्षेपमा
माथि सबै कुरा प्रष्ट भईसकेकाे परिप्रेक्ष्यमा के बुझ्न सकिन्छ भने –
१) टुटा-नुटा अधिवेशन/महाधिवेशनहरू चाँडै सम्पन्न भई अकारण ७-८ वर्ष पद खाने कुरामा प्रहार हुनुपर्छ;
२) प्रा. भीसी मल्लहरूजस्ताे जुझारू, परिणाम दिने, जागिर गुमाएकाहरूबाहेक टुटा-नुटा, वैचारिक संघ-संगठन, त्रिवि पदाधिकारी आदिमा दाेहाेर्याउनु, दाेहरिन पाउनु साेच्नुपनि अयाेग्यता र अनैतिकताकाे पराकाष्ठा हाे;
३) त्रिविका भिसि पदाधिकारीकै विज्ञान कथित् विज्ञापन थियाे त्यसैले अब अरूलाई “अधिवेशन कहिले ?” भनेर पेल्नु हुँदैन, नत्र भाेली अधिवेशनहरू भईसकेपछि पनि “ब्याकफायर” हुने डर रह्नेछ;
४) त्रिवि पदाधिकारीले वैधानिक टुटा-नुटा खाेज्दा विवादरहीत र वैधानिक नै अधिवेशन प्रतिनिधि, कानूनसम्मत र असफल भैसकेका निर्वाचन समितिबाट नभई नयाँ निर्वाचन समितिबाट हुनुपर्ने पनि बाेल्नु पर्छ;
५) त्रिवि पदाधिकारीले २०४६ वा २०६२/०६३ सालताका कसरी भ्याकुममा त्रिविले सिनेटर अभावमा संयमताले काम लियाे, त्यसरी नै जिम्मेवारीपूर्वक, गम्भीरताले अहिले धैर्यले काम लिनुपर्छ । सिनेटर र टुटा नभए बहुमतले पेल्ने मनशाय हटाउनुपर्छ सिनेटमा नत्र भाेली मुठभेड निम्त्याउन सक्छ जुन त्रिवि बनाउन आएकै भिसिलगायत पदाधिकारीहरूकाे कार्यकाल कष्टमय हुनेछ;
६) नयाँ निर्वाचन समिति, टुटा, नुटाले वैचारिक संघ-संगठन तथा तिनका स्थापित देखापरेका विद्राेही टीमसहित बारम्बार सकारात्मक परिणाम नआउन्जेल म्याराथून बैठकहरू बस्नुपर्छ, र
७) अदालतबाट राेकिने, निर्वाचनमा बक्सा फाल्दिने, ताल्चा कसैले लाईदिने वा अन्य जुनसुकै रूपले बाधा विराेध नआऊन दिनलाई तथा टाढाबाट प्रतिनिधि बाेलाएर यता अधिवेशन गत मंसीर झैं नभएर दु:ख नहाेस्कालागि केही समय सार्नुपरे पनि अधिवेशन सारिनुपर्छ । सबैले अपनत्व लिनुपर्दछ, मुठभेडले परिणाम दिनेछैन ।
८) त्रिवि पदाधिकारीहरूले विज्ञापन भर्ने बेलामा “दल त्यागकाे घाेषणा” गरेकाले व्यवहारत: देखिनुपर्याे, नेताका/मातृ दलका अजेण्डा र विचार थाेपर्ने तत्काल बन्द हुनुपर्याे । विश्वविद्यालयमा वामपन्थी सत्ताकब्जा वा डेपानकै गुट कब्जा गरेर के गर्ने ? शैक्षिकस्त्तर उकास्नेसहित याेजना राखेर क्राईसिस हटाउने प्लेटफर्म पाे कब्जा गर्ने हाे ताकि देश, विश्वविद्यालयकाे छवि बनाेस्, समाजकाे प्रगति हाेस् र उच्च शिक्षाबारे जनतामा विश्वास बढाेस् । याे नभएर पेलपाल-ठेलठाल, सडकबाट टुटा घाेषणा वा वामपन्थी “बहुमत” बाट टुटा घाेषणा आदि कुरा ५५-६० प्रतिशत डेमाेक्रेट्स प्राध्यापक, अन्य समूहका पनि ईमान्दार प्राज्ञिक तथा अदालतले त हटाउने छन् नै यस्ता अराजकहरूलाई साथै देशमा नयाँ कार्ष नै कसैले नसाेचेकाे विश्वविद्यालयमा देखा पर्नेछ ।
(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)