मार्क्सवादमाथि माओवादकाे विजय
मनोज कुमार कर्णसाल २०७९ काे आम निर्वाचनपछि बनेकाे पहिलाे दल नेपाली काँग्रेस र दाेस्राे दल नेकपा एमाले पालैपालाे सत्तामा सहायक र प्रतिपक्ष बनिरहँदा तेस्राे ठूलाे दल माओवादी केन्द्र भने पहिला गठबन्धनकाे धर्म भनेर अनि अब कल, बल, छल जे ले भएपनि सत्तामा बनिरहेकाे स्वयं माओवादी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले सिन्धुलीकाे सार्वजनिक कार्यक्रममा बाेल्नुभएकाे भनेर “कान्तिपुर पत्रिका र टिभी”लगायतमा छ्याप्-छ्याप्ति समाचार छन् ।
माेहन वैद्य “किरण” तथा नेत्रविक्रम चन्द “विप्लव”हरूभन्दा आफूलाई नेपालमा माओवादीकाे प्रमुखधार मान्ने तथा २०४३ सालकाे सेक्टरकाण्डदेखि महासचिवकाे नेतृत्वमा पुगेर आजीवन दलकाे मुखिया बनिरहेका प्रचण्डले नेपाली कलेबरमा आम मान्छेकाे अनुभवमा लाेकतन्त्र, जनताका जीवन, देश विकास आदिलाई तलाञ्जली दिएर सत्तारूढ भइरहेका छन् । यस लेखकाे मुख्य आशय नै के भनेर, के-के गरेर माओवादीहरू सत्तारूढ भए तर आज राजनीतिकाे नाममा परिवार तथा नातावादमा कसरी असम्वेदनशील भएर देश तथा जनताकाे भविष्यसँग खेलवाड गरिरहेका छन्, अन्य नयाँ दल भनाउँदा पनि फरक रहेन र नेपालमा कम्युनिस्टकाे कुनै वाद विश्वमा झैं असफल रहेका हुन् जस्ता कुरा छाेटकरीमा देखाउनु हाे ।
मार्क्स निराश तर हाैसिएकाे माओ जेदाेङ्ग
कार्ल मार्क्सकाे “मार्क्सवादकाे सिद्धान्त” र चार्ल्स डार्विनकाे डार्विनियन सिद्धान्तलाई मान्छेले भन्छन् कि जबसम्म याे धर्ती र आकाश रहने छन् तबसम्म मनुष्यले पछ्याई रह्नुपर्छ । तर धेरै कमजना ईमान्दार मार्क्सवादका फलाेअर्सले मार्क्स आफैं भने मनुष्य चरित्रले गर्दा आफ्नाे सिद्धान्त फ्लप भएकाे बुझेका बताउँछन्, नत्र उनकाे नाममा विश्व भरकै कम्युनिस्टहरूले दल अर्थात्, पसलहरू खाेलेर सत्तामा नीजि स्वार्थले ब्रम्हलूट मच्चाईरहेका छन् ।
कार्ल मार्क्सले सर्वहारा र सामन्ती (बुर्जूवा) क्लासका कुराहरू गरिरहँदा केमा जाेड दिए भने याे साेच समाजमाभन्दा पनि मान्छेकाे दिमागमा हुन्छन् र साे अनुसार नीति, नियम बनाएर कर्म गरि समाजमा देखाउँछन् । खासमा मार्क्सले के भन्थे भने सामन्तवादीका अन्याय, पेलपाल सहेर विद्राेहमा उत्रेका सर्वहाराले एक दिन सत्ता त खाेस्छन् तर उनिहरूले पूर्व सामन्ती सत्ताधारीकाे सबै जालझेल, पेलान आदि देखि-बुझिसकेका अनि हिजाेसम्म आफू सर्वहाराले भाेक, अभावमा बाँचेकाले अब सत्तामा पहुँच बनाउने बित्तिकै मानवीय स्वार्थ स्वयंकाे पूर्ति गर्न लाग्छन् र पहिलाकाे सामन्ती सत्ताभन्दा पनि सर्वहारा सत्ताधारी अझ खत्तरनाकरूपले बदलाकाे भावसहित प्रस्तुत हुन्छन् ।
र, यहिँनेर मार्क्सवादकाे हार पनि हाे किनकि मार्क्सले सामन्तबाट सर्वहारामा सत्ता हस्तान्तरण भई आर्थिक र सामजिक खाडल पुरिने साेचेका थिए तर त्याे नभई उल्टै हिजाेका अधिकार खाज्ने “साधु” सर्वधारा नेतृत्व आज “खूंखार” सत्ताधारीमा अझ क्रूर भएर परिणत भएका छन् । मार्क्सवादकाे याे हार-असफलता नै हिजाे पञ्चायती दरबारिया शासनपछि दलहरू उदाएर २०४६ सालदेखि २०६३ सालसम्म देखाए भने साे २०६३ सालपछि हिजाेकाे “सर्वहारा” माओवादी केन्द्रले आज “नवसामन्तवाद” बनेर उदाहरण बनिदिएकाे छ । मार्क्सवादकाे याे लज्जाजनक हार बिरलै काेहि कम्युनिस्ट भनाउँदा “पसले”ले राम्ररी मिडियामा लेख्छन् वा भाषण छाँट्छन् !
चिनियाँ माओ जेदाेङ्ग (Mao Zedong) ले “अन कन्ट्राडिक्सन, On Contradiction” भन्ने पुस्तकमा छापामार युद्धबारे लेखेका छन् । राज्य शक्तिसँग छापामार गुरिल्लाले एकैचाेटीमा जित्नु त कता हाे कता, उल्टै छापामार सिमितकाे हत्या हुन गई “युद्ध”नै हार्ने भएकाेले खुलेआम छलकपट गर्न सिकाउँछ । यस पुस्तकमा राज्य (शत्रु)काे सेना बलियाे भएमा आफूहरूले “वार्ताकाे लागि राज्यसँग” तयार रहेकाे भनी भित्रभित्रै शक्ति आर्जन गर्ने उल्लेख मात्र नभई शत्रुकाे सेना नजिक आए आफूहरू सेल्टर लिने र उनिहरूले छापामार निरस्त भए भनेर जान लाग्दा घेरेर आक्रमण गर्ने युद्धनीति विपरीत छलकपटबारे उल्लेख छ । युद्धनीति अनुसार धाेखाले वा कमजाेर भएकाे अवस्थामा शत्रुमाथि आक्रमण गर्न सिकाउँदैन, त्याे कायरकाे काम हाे भन्छ तर छापामार युद्ध देश लूट्ने उद्देश्य लिएर कसम खाएरै असभ्य र हिंस्रक बनेका त्यसता कम्युनिस्ट झुण्डधारीलाई के भन्ने ?
यसरी हेर्दा आज नेपालमा कार्ल मार्क्सकाे हिसाबले मार्क्स नेपाली कम्युनिस्टहरूलाई हेर्दा लज्जित हुनुपर्थ्याे भने २०७९ काे निर्वाचनमा एक्लै नेपालकाे माओवादीले चुनावमा भाग लिंदा सिंगल डिजिटमा सिमित हुनेले आज तेस्राे ठूलाे दल भएर पहिला गठबन्धन भनेर चुनावपछि सत्तारूढ हुन चाह्याे पछि माओ जेदाेङ्गकै भाषामा अब प्रचण्ड माओवादीहरूले छलकपट गरेर नैतिकता त्यागेर “सत्ताकब्जा” गरि बसिरहेकाे हेर्दा माओत्सेतुङ्ग “खुशी” हुन्थे हाेलान्, भलै मान्छे उनी जन्मेकाे बेलाभन्दा अबकाे परिवेशमा छलकपटलाई नकारेर थूक्थे हाेलान् ।
यिनका नेपाली अझ विकृत रूप
माथि उल्लेखितलाई नदाेहाेर्याई अगाडि बढ्दा के बुझिन्छ भने प्रचण्ड-माओवादीले तेस्राे ठूलाे दल भएर २०७९ काे चुनावकाे आफ्नाे अलायन्स पार्टनर तथा पहिलाे ठूलाे दल काँग्रेसलाई सत्ताकाे लागि जसरी एमालेसँग मिलेर धाेखा दिए अनि फेरि काँग्रेससँग मिले र पुन: उही एमालेसँग गए, यसले लाजलाई पनि लाज लगाईदियाे । यतिमा मात्र सिमित नभएर माओवादी सुप्रिमाे प्रचण्डले बुहारी बिना मगरलाई रहस्यम ढंगले “ओझेल” पारेर पूरापूर परिवारवाद र नातावादमा डूबेर भारतका गान्धी, लालू यादब र मुलायमसिंह यादव परिवार सबैलाई माथ दिन “सफल” भएका छन् ! सत्तारूढ बनिरहनलाई जसपा अध्यक्ष तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादब अमेरिकामा छँदै एक चाेटी र उनी नेपाल आएपछि हप्ता दिनभित्रै अर्काेचाेटी पनि पार्टी फुटाएर “सगर्व” प्रचण्डले सिन्धुलीमा कार्यकर्तालाई गएर सुनाए ।
उत्ता दाेस्राे ठूलाे दल एमाले कम छैन । न कम्युनिस्टहरूलाई समेटेर एक समृद्ध कम्युनिस्ट दल वा केन्द्र बनाउनुछ (किनकि स्वयं एमाले र तिनका नेताले आफूलाई कम्युनिस्ट नमानेर काँग्रेसकै अर्काे रूप लाेकतान्त्रिक दल मान्छन् र यहि भनेर अमेरीका, यूराेपबाट आर्थिक सहायता ठग्ने गरेका छन्), न याे एमाले लाेकतान्त्रिक दल काँग्रेस-लाेसपा-जनमत आदिसँग जान चाहन्छ (किनकि पार्टीकाे नाउँमा “एमाले”कम्युनिस्ट ट्याग भिरेकाे छ), चाहन्छ भने केबल व्यक्तिगतरूपमा सत्ता र शक्तिमा आजीवन बनिरह्न, उहि माओवादीकाे प्रचण्डजस्ताे अर्थात्, देश र जनता गए भाँडमा ! याे एमाले नेतृत्वले आज कस्ताे खेल खेलिरहेकाे छ भने माओवादीकाे काँधमा बन्दुक राखेर हाल संसदमा दल सम्बन्धी विधेयक फिर्ता अर्थात्, शून्य कानून रहेकै बेला “एमाले” प्रमुख नियुक्तिधारी निर्वाचन आयुक्तद्वारा जसपा फुटाई दिए, अब एकीकृत समाजवादी (माधव नेपाल) टार्गेटमा छ अनि पछि स्वयं प्रचण्ड-माओवादीकाे फुट्ने पालाे कुर्दैछ ताकि संसदकाे ठूलाे दल बनेर स्वयं प्रधानमन्त्रीमा केपी ओली जाने र सजिलाे नभए मध्यावधी चुनावमा जाने ।
सवाल छ, नवपुस्तालाई वर्तमान पुस्ताले धूर्त्याईं, अलायन्स पार्टनरलाई धाेका, कपट, भ्रष्टाचार, अनैतिकता, सत्ता टिकाउन सहकारी ठगलाई संरक्षण दिने र सत्तामा रहेर आफ्ना पार्टीका सुन तस्करहरूलाई पक्रे जस्ताे गरेर “वैधानिक” रूपमा छाेड्ने आदि अवगुणहरू सिकाउने कि सदाचारकाे गुण र आपसी विश्वास सिकाउने ? यस्ताे खराब कुरा सिकाईरहँदा अब संविधानमा रहेकाे वाक् स्वतन्त्रता अधिकार तथा एउटा जिम्मेवार नागरिककाे हैसियतले वैश्विक परिभाषा अनुसार शिक्षक, प्राध्यापक, वकिल, किसान वा अन्य बुद्धिजीविले जनतामा भेद खाेलेर
नबताई कस्ले बताउने ? यस्ताे खुराफाती कार्यकाे भेद खुलाईदिंदा के अब राज्यसत्ताकाे दुरूपयाेगमा “खबरदार, शिक्षकले राजनीति नगर् !” भनेर मुख थुन्न वा, देशै भरका जनतालाई चूप लाउन सक्छन् ? मरेकाे माछा पानीकाे धारसँग बगेर जान्छ भने जीवित माछा पानीकाे धारकाे उल्टाेमा तैरन्छ, के नेपालका बुद्धिजीवि साँच्चिकै जीवित संस्कार जाेगाउन, देश बचाउन र जनताकाे प्रगतिका लागि साँच्चिकै जीवित छन् ? छन् भने लेखेर, बाेलेर देखाउन् !
आगाेमा घ्यू थप्ने रास्वपा
न्यूज-२४; ग्यालेक्सि टिभि आदि मार्फत् हिन्दी फिल्म “नायक”काे अनिल कपूरले झैं नेपालकाे राजनीतिमा उदाएका रास्वपाका अध्यक्ष महाेदय स्वयंले भने दाेहोराे नागरिकता, अन्तर्राष्ट्रिय मुद्दा आकर्षित हुने दोहोराे पासपोर्ट, चुनावताका चितवनमा ड्राईभरकाे मृत्यु, अनेक महिलासँग अनैतिक सम्बन्ध भएकाे मिडियाद्वारा दाबी गरिएकाे, भिडियाे बनाएर अध्यक्ष लाई सराप्दै मृत्युवरण गरेका अर्काे एक पुरूष, सहकारी ठगीबारे प्रहरी अनुसन्धानमा रहेकालाई गंगालाल अस्पतालमा दबाव खप्न नसकी मुटुकाे बिरामी भई पुगेका आदि घट्नालाई केलाएर हेर्दा अब उनी साेही “नायक” फिल्मका नायक कपूरभन्दा महाखलनायक अमरिश पुरीकाे स्वरूपमा प्रकट हुँदैछन् ।
लाेकतन्त्रमा वाक् स्वतन्त्रता भनी मिडियाबाट उदाएर उल्टै आफूबारे सूचना लुकाउने, प्रमाण नष्ट गर्ने र “साै चूहा खाकर बिल्ली चली हज के” भन्ने उखान अनुसार स्वयं अध्यक्ष लामिछानेले राणा वा निर्दलीय “विना छानबिन, मुखै कानून छ” व्यवहार हुने पञ्चायतकालजस्ताे अन्य दलका अध्यक्ष वा प्रहरी प्रमुखलाई आफू निर्दाेष रहेकाे बाेल्न लगाएर वा आफैंले आफैंलाई बिना संसदीय छानबिन क्लिन चिट दिन मिल्छ ? अब त दलका अध्यक्ष तथा निष्कलंक मानिएका आईजीपि वसन्त कुंवरसमेतलाई संसदीय समितिमा आफ्नै गृहमन्त्री कालमा आफ्नाे भाषा बाेल्न लगाईसकेपछि संसदीय छानबिन समितिकाे विकल्प छ र ?
वास्तवमा लाेकतन्त्र, कानूनकाे शासन, विधिकाे शासन, राजनीतिमा मर्यादितलाई स्थान दिने पद्धति कायम गर्नलाई कि स्वयं रास्वपा मुखियाले छानबिन समिति संसदमा बनेर सघाउनुपर्दछ वा, अन्य दलले “रवि-चुनाैती” मानेर देशकाे गणतन्त्र र लाेकतन्त्र बचाउन लाग्नुपर्छ र साथै, अन्य दलका पनि भ्रष्टाचारी र अनैतिकहरू ठेगान लाग्नुपर्छ ।
राम्राे मान्छे पाउनै गाह्राे
अमेरीकि लघु कथाकार फ्लैनरी ओ’काेनाेरका अनुसार आजकाे जमानामा नेपालकाे राजनीतिमा उनकै भाषामा “एउटा राम्राे मान्छे पाउन मुश्किल छ, A Good Man is Hard to Find”, ओ’काेनाेरकाे यहि शीर्षककाे लघु कथा पनि छ । तर जनताले भने निराश हुनुपर्दैन किनकि एक्काईशाैं शताब्दीमा सिमितभन्दा प्रचुर मिडिया हाउसेज र थप सामाजिक सञ्जाल र ईमेलहरूकाे जमाना छ, जनतामा धेरै चेत खुलिसके । दोस्राे कुरा, २०६०-६१ सालतिर यस्तै माओवादी “जंगली शक्ति”, सात दल र राजाकाे शाही शक्ति सेनाकाे त्रिशंकु शक्ति टकराहटले पनि नेपालका जनताले अब के निकास आउला भनेर चिन्तित देखिन्थे । तर स्थिरता (Stagnancy) प्रकृतिकाे विपरीत हाे ।
यदि पाेखरीकाे पानी नदिकाे पानी जस्ताे चलायमान हुन सकेन भने विकल्पमा सुक्नु पर्छ (मृत्यु-अन्त झेल्नुपर्छ) भनेर साे बेलापनि म लेखहरूमा लेख्थें र आजपनि यहि लेखेर दलहरू सच्चिन वा सक्न तयार हुन सचेत गराउँदै जनतामा निराशा नबढाउन अपिल गर्छु । आखिरमा २०६२-६३ मा पनि राजा फालिएर यता “जंगली” र शहरी मिलेर प्रकृतिकाे परिवर्तनशील नियमलाई गति दिएर नेपालकाे राजनैतिक निकास निस्क्याे भने आजपनि दलहरू नसच्चिए प्रकृतिले “कि सुकाउला कि बगाउने” भएर नयाँ निकास दिनेछ ।
(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)