माओवादीकाे सुथनी राजनीति

मनोज कुमार कर्ण

मेराे जानकारी अनुसार “सुथनी” मधेशकाे समथर तथा उष्णीय भागमा जमिनमुनि फल्ने जरा खाद्य पदार्थ हाे जसकाे जमिनमाथि चाहिँ लहरा/लत्तिका हुने त्यस्तै अर्काे फल शखरखण्ड, मधेशमा अल्हुवा जस्तै हाे । तर सुथनी चाहिँ शखरखण्डभन्दा आकारमा निकै सानाे हुन्छ । शखरखण्डलाई मान्छेले त्यसमा शरीरलाई चाहिने मुख्य शक्ति कार्बाेहाईड्रेट तथा ग्लूकाेज (गुलियाेपन) पाईने हुनाले गरिब मान्छेले चामल-राेटीकाे अभावमा भने धनी वर्गले सोखले खान्छन् भने सुथनीलाई तुलनात्मक रूपमा कम खान्छन् तर सुथ्नीकाे लहरा भने मधेशकाे छठ पर्वमा पाँच वटा अरक (अर्घ) मा राखेर चढाईन्छ ।

पाैष्टिक सुथ्नीपनि हुन्छ तर बिग्रेका शखरखण्ड-सुथनीलाई भने गाईभैंसी वस्तुभाउ (Cattles) लाई खुवाउने गरिन्छ । मान्छेले यी जमिनमुनि लाग्ने जराका फल भने उसिनेर तरकारीसँग वा खुर्सानी-नूनकाे धूलाेसँग वा दूध-महिमा घाेलेर खान्छन् । शखरखण्ड पनि एकादशीमा व्रतालुले सेवन गर्छ । शखरखण्डकाे फल भगवानलाई चढाउनमा प्रयाेग हुन्छ भने सुथनीकाे लत्ति !

मधेशमा निकै विवादपछि लगभग ननिस्कने परिणाम वा भनाैं निकै मिहिनेतपछि करीब शून्य परिणाम आउँदा बुज्रुकले थाेरै बाेलेर “सुथ्नी” भनेर विराम लगाउन ईशारा गर्छ वा जिस्काउँछ । यस लेखमा माओवादी केन्द्र दलले सत्तालाई केन्द्र बनाएर जुन अनैतिक चलखेल विगत केही वर्षदेखि जुन गरिरहेकाे छ, त्यसबाट उसले बनाएकाे सत्तालक्ष्य अनुसार कति धेरै पायाे वा “सुथनी” पायाे अति परिश्रमपछि पनि, त्यसलाई देखाउन खाेजिएकाे हाे ।

तर माओवादीकाे यस्ताे “सुथनी” राजनीतिले उसलाई उपलब्धि दिलाउनुभन्दा २०६४ सालपछि दिनानुदिन ओरालाे यात्रामा लागेकाे हुँदा स्वयं माओवादीका नेताहरूलाई पनि यस लेखले आफ्नाे दिशा र दसाबारे साेच्न बाध्य बनाई सकारात्मक लाभ नै पुर्याउनेछ ।

नेपाली राजनीतिक परिवेश

माथि अभिप्राय/पृष्ठभूमीमा उल्लेख भए अनुसार याे लेख प्रमुख रूपमा माओवादीकाे सत्तालाेभमा आधारित भएपनि अन्य दललाई पनि त्यस्ताे नगर नै भन्छ, कसैलाई छुट दिएर पक्ष लिने काम गर्दैन । मुख्य कुरा प्रमुख दलदेखि सानासम्मका मुखियाहरूमा द्रव्य माेह र विगतका गलत कर्महरूले उनिहरूलाई सत्तारूढ हुन र गलत कार्यलाई ढाकछाेप गर्न “बाध्य” पारिरहेकाे छन् ।

माओवादीले पुष्पकमल दाहाल “प्रचण्ड”काे नेतृत्व २०४३ सालकाे सेक्टर काण्डपछि महासचिव माेहन वैद्य “किरण”ले रोलक्रममा रहेका सीपी गजुरेललाई नेतृत्व नदिएर वाचाल (Orator) प्रचण्डलाई दिएकाे दिनदेखि नै नेतृत्वमा चलेकाे छ तसर्थ, सबै राम्रा-नराम्रा उपलब्धि माओवादीकाे नाममा देश वा त्याे दलले पायाे, ती सबैकाे ताली वा गाली खानैपर्छ ।हिजाेकाे दिनमा पञ्चायतमा सामन्तीहरूले दारू खाए, वेश्यागमन गरे, आर्थिक भ्रष्टाचार गरे, सुन वा रक्त चन्दन वा अन्य कुरा तस्करी गरे वा मानव बेचबिखन गरे भनेर मार्ने, सम्पत्ति खाेस्ने, देशमा आगाे लगाउनेलगायत सबै कर्म माओवादीले गरेकाे हाे । आज आएर सुनबहादुरहरू सर्वाधिक माओवादीमै छन्, सहकारी ठगी-दाेहराे नागरिकता-राहदानीका कसूरदार भनिएकाेलाई सरकारमा उल्टै छानबिन गर्नु नपर्ने उनै माओवादीका प्रचण्डका सरकारले वातावरण केवल आफू सत्तामा बनिरह्नलाई बनाउँछन् भने नेपाली मतदाता र जनताले कसरी माफि दिने ? त्यसाे भए हिजाे माओवादीले जसकाे विरूद्ध हतियार उठायाे, उसकाेभन्दा पृथक कसरी भयाे ? हिजाे सरकार बनाउने-ढाल्नेलाई सत्ताेसराप गर्ने माओवादीले आज स्वयंले सत्ता टिकाउन घडी काँग्रेस भने घडी एमालेलाई झुक्याईरहँदा माओवादीलाई उसका सदस्यबाहेक अन्य जनताले कसरी स्यावाशी दिने ?

माओवादीले सत्ताकाे लागि काँग्रेस वा एमालेलाई चक्मा दिनु वा केही तिनका नेताले गरेका भ्रष्टाचार, हत्याका मुद्दामा ब्ल्याकमेल गर्नुकाे साटाे गलत गर्नलाई सजाय अरू दल र आफ्नै दलकालाई पनि दिने वा, नभए प्रतिपक्षमा बसेर “सत्ताका फाेहरबाट २०६५ सालदेखि मुछिएकाेमा” आफूलाई “धाेईपखाली गर्ने वा नुहाउने” काम गरि तराेताजा किन पार्न चाहँदैन ? सत्तारूढ हुन प्रचण्ड माओवादीहरूकाे बाध्यता सशस्त्र द्वन्द्वमा मारिएकाकाे मुद्दाबाट जाेगिन अरू आर्थिक भ्रष्टाचार, सुन काण्ड, विदेशमा लुकेका रकम, विदेशी परचक्री कसैकाे धर्मकाे अजेण्डा बाेकेर “मिसन”मा राजनीतिमा पसेका वा टेलिकम काण्डमा मुछिएकाे वा अन्य के-के छन् ? जनता जान्न चाहेका छन् ।

कम्तिमा नेकपा बिघटन भएर केपी ओली सत्ताबाट २०७७ सालमा हुँदादेखि माओवादीले काँग्रेससँग मिलेर चुनाव २०७९ मा लड्याे, भलै ५१ सिटबाट ३० मा झर्याे तर ओलीबाट आएर काँग्रेससँग माओवादी-एकीकृत समाजवादीहरू नमिलेकाे भए सिङ्गल डिजिटमा जितेर सिमित हुन्थे । याे राजनैतिक “औकात” त चुनावी अलायन्स गरेर आज सत्तारूढ हुनलाई ब्ल्याकमेल गर्ने माओवादीहरूले बिर्सनु भएन । नवपुस्तालाई सेलिब्रिटि नेताले नैतिकता सिकाउने कि धोखाधडी-षड्यन्त्र ?

वास्तवमा २०७९ सालपछि माओवादीले दुई पटक काँग्रेसलाई धाेका दिएर एमालेसँग अहिले गईरहँदा माओवादीकाे ईच्छा थिए: चीनले माओवादी हामीलाई काँग्रेससँग गएकाे माफ गरिदिएर पुन: विशुद्ध “वामपन्थी” खेमामा आएकाेमा माफ गरिदिएर सरकार र अलायन्स बचाई देला; पुन: नेकपा ब्यूँतिनेछ; अब २०८४ काे चुनावमा पुन: एमाले-एकीकृत समाजवादीसँग “मिलेकाे” भनी माओवादीले मत लिएर बाैडिने छ; मेरै प्रचण्डकाे सरकार पाँच वर्ष चलिरह्नेछ; केपी ओलीमा अब पक्कै चेत् आएकाे हुनाले कि त म प्रचण्डले पार्टी अध्यक्ष सगाेलमा बस्ने हाे वा निर्विराेध सरकारकाे मुखिया बनिरह्नेछु, आदि ईत्यादि ।

माओवादीमा प्रचण्डकाे मुख ताक्नेहरूकाे यस्तै रंगीन सपनामा अचानक नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादीसँगकाे हालकाे सरकार बन्नुलाई अलायन्स/गठबन्धन नभनिकन केवल सरकार बन्न संख्या जुटाउने समीकरण भनिदिनु; एमाले “समाजवादी” केन्द्रमा हाल जाँदैन; गाेदावरी पार्षद् भेलामै बकाईदा “वामपन्थी गठबन्धन हुँदैन” भन्नू; २०८४ सालमा एक्ला-एक्लैले चुनाव लड्ने हाे भन्नू; बझाङ्ग र ईलामका चुनावमा एमालेले कसैलाई नसाेधिकन आफ्नै उम्मेद्वार उठाएर लतारेर माओवादीलाई त्यसलाई पछ्याउ भनेर बाध्य पार्नु आदिले गर्दा आज माओवादीका प्रचण्डहरूले धाेबीका गदहा घरकाे न घाटकाे जस्ताे अवस्थामा विचल्लि परेका छन् । माओवादी अब न काँग्रेससँग जान सहज मान्नेछन्, न एमालेसँग गएकाेमा अभिप्रायहरू पूरा हुने भयाे, भयाे त केवल माओवादीकाे विश्वास अन्य दल र जनताबाट उठ्ने र चुनावमा एक्लिर सिद्धिने भयत्रास । यहि हाे माओवादीकाे “सुथ्नी” राजनीति, खाऊ अब सुथनी !

एमालेलाई माओवादीसँग सत्तारूढ भएर उसलाई “सुथ्नी” खुवाईदिने विभिन्न बाध्यताहरू थिए- एमालेहरू पार्टी त्यागेर भाग्दै थिए; संवैधानिक नियुक्तिहरू भट्टाभट् अधिकतम् खाेस्नु थियाे; मिसन-८४ काे लागि आफ्ना कानूनी कसूरदार नेताहरूलाई सत्ताकाे आडमा चाेख्याएर कम्युनिस्टकाे केन्द्र एमालेलाई बनाएर विद्यमान “समाजवादी केन्द्र” लाई गफ्फाडीकाे क्लब सावित गर्नु थियाे, आदि । एमाले ठूलाे दल २०८४ काे निर्वाचनमा भएर तानाशाहरूपी एकल सरकार बनाउने काँग्रेसकाे तुलनामा निकै कम चान्समा रहेपनि (किनकि धेरै कम्युनिस्ट दलहरूले मतलाई विभाजन गर्नेछन्) तर कम्युनिस्ट भन्नाले नेपालमा एमाले नै हाे भन्ने स्थापना गर्ने बाटाे माओवादीका “चतुर” प्रचण्डसमेतलाई लतारेर बनाईहाल्याे । गल्ति प्रचण्डकै हाे, अलायन्स पार्टनर काँग्रेसलाई धाेखा दिएर देशलाई अस्थिर सरकार र तेस्राे दल अनैतिक भएर सरकार प्रमुख बनेर प्रस्तुत हुँदा ।

कस्ले बाेल्ने ?

जब-जब देशमा काेही तानाशाहकाे शासन व्यवस्थामा उदय हुन्छ, उसले जनताका बाेल्ने, लेख्ने अधिकारमाथि अंकुश लगाउँछन् । हिजाे अंकुश लगाउने कार्य पञ्चायती राजशाही तथा राणा शासकहरूले नेपालमा गरे र दलहरूले शासककाे विराेध गरे तर दु:ख तब लाग्छ जब यस संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक संविधान, २०७२ काे आजकाे नेपालमा पनि राप्रपाका कार्यकर्ताले उसकाे अजेण्डालिएर सडकमा ओर्लँदा वा गृहमन्त्रीमा आसिन रास्वपाका मुखियाले गरेका सहकारी रकम हिनामिनाबारे सामाजिक सञ्जालमा लेख्दा वा काेरियन भाषा परिक्षामा आफूहरूले पनि भाग लिन पाउनुपर्छ भन्दा ज्यान जाने वा मर्न बाध्य पार्ने वातावरण सिर्जना हुन्छ ।

दु:ख तब लाग्छ जब आम जनताले आफ्नाे कर्तूतलाई छताछुल्ल पार्दा उल्टै आराेप लगाएर, अन्य सत्तारूढ दलले पनि त्यहि गलत कर्म शासकलाई “चाेख्याउन” उल्टै भण्डाफाेर गर्नेलाई नै दु:ख दिंदा यदि आम जनता मर्छ वा मर्न बाध्य पारिन्छ, तब पनि त्यस्ता शासक स्वयंले राजीनामा गरि सत्ताबाट नबाहिरिई लाज, शरम, हया आदि पचाएर कुर्सीमा एक प्रकारले फेविकाेल वा सुपरग्लूले टाँस्र बसिरहन्छन् ! नेपालमै पनि साल २०३० तिर सिंहदरबारमा आगलागिहुँदा तत्कालिन प्रम कीर्तिनिधि विष्टले राजीनामा दिएका थिए र अन्य काँग्रेसका मन्त्रीले पनि बीपी काेईरालाकाे सरकारमा स्वयं नैतिकताकाे आधारमा विद्यार्थी मारिंदा राजीनामा दिएका हुन् ।

त्यस्तै, भारतमा पनि एऊटा रेल दुर्घट्ना हुँदा रेल मन्त्रीहरूले राजीनामा दिएका, माेदी सरकारले नै पनि काेराेनामा स्वास्थ्यमन्त्री डा. हर्ष वर्धनलाई प्रभावकारी काम नगरेकाे निष्कर्शमा हटाईएका छन् । आज नेपालमा यस्ताे लाग्छ कि जुन पनि दलका दलपतिहरूले, विगतका शासनलाई मनाेमानी गर्ने राजा वा राणा शासकजस्तै, आफ्नाे भ्रष्टाचार र अनैतिक कर्महरू लुकाउन जस्ताेपनि अवस्थामा सत्तामा बनिरह्न चाहन्छन्, नैतिकतालाई ताकमा राखेर । सबैले अर्कालाई दाेष देखाएर “सुधार्न”लाई सत्तामा आएकाे दाबी गर्छन् तर स्वयं पहिलाभन्दा पनि खत्तम हुन्छ । तर, यस्ताहरूमा एऊटा “साझा गुण” के छ भने निरपेक्ष भएर लेख्नेलाई “तिमी किन लेख्ने ? तिमी काे हाे लेख्ने ?” जस्ताे गरेर मर्न वा मर्नलाई बाध्य पार्छन्, प्रताडित गर्छन्, सरूवा गरिदिन्छन्, बढुवा राेक्छन्, कानूनकाे नाैवटा सिंङमा अल्झाईदिन्छन् ।

र सत्य त एउटै हाे, त्याे हाे जब-जब देशमा काेही आफ्नाे कुकर्म लुकाउन सत्तारूढ भई तानाशाह बन्न खाेज्छ, तब-तब नागरिक समाजले, शिक्षक-प्राध्यापक वा बुझ्ने वकिल र अन्य नागरिकले एऊटा जागरुक नागरिककाे विश्वव्यापी परिभाषा अनुसार बाेल्छन् मात्रै हैन कि गलत शासकलाई लखेट्नलाई जनतालाई सचेतपार्दै उठेर “जीवित” रहेकाे भनी प्रमाण देखाउनपनि भन्छन् । अर्थात्, देशकाे नागरिक विद्यार्थी, अर्का असल नेता नै, शिक्षक, चिकित्सक, वकिल, किसान, मजदूर जाे जसले पनि आफ्नाे चेत अनुसार नेता/शासक/सरकारका गल्ति समात्दा बाेल्न मिल्ने कुरा नेपालकाे संविधान तथा उच्च शिक्षामा पढाईने सचेत नागरिककाे परिभाषाले बताउँछ तसर्थ, शासककाे कर्तूतबारे लेख्दा उसले हेप्दा वा डराउँदा लुक्ने भई अझ चान्सकाे रूपमा लिई डराउने, धम्काउनेका सबै कुरा तर स्वयं मर्यादा रहेरै उदांग पारिदिनुपर्छ, डराउनु पर्दैन ।

“सुथनी” राजनीतिले दल र देश डुब्‍ने

अवश्य नै, माओवादीकाे माथि उल्लेखित उसलाई परिणाम थाेरै आउने तर स्वयंकाे दलकाे अस्तित्वलाई खत्तरामा राखेर देशमा दुई ठूला दललाई सरकार बनाउन दिएर प्रतिपक्ष कमजाेर बनाउनमा सहायककाे भूमिक भविष्यमा खेल्नेले समग्रमा देशकै लाेकतन्त्र कमजाेर हुने, साना दलकाे अस्तित्वमा संकट पर्ने, परिवर्तन पक्षधरहरू कमजाेर भई २०४७ सालकाे संविधानमा राजालाई मात्र हटाएर रमाउनेहरू काँग्रेस-एमालेमा उत्साहित भई प्रतिगमनकारी राप्रपापनि सत्तारूढ हुने भई याे २०७२ सालकाे संविधानमाथि नै दुर्घटना हुने डर बढ्याे । जबकि हाल यस २०७२ सालकाे संविधानमा धर्मनिरपेक्षताकाे नाममा बाहिरबाट विशेष समुदायका मान्छेबाट भईरहेकाे हिन्दू-बाैद्ध धर्ममाथिकाे आक्रमणलाई राेकेर सनातन हिन्दू बाहुल्य देश घाेषणा गरेर मधेशी, आदिवासी, जनजाति, दलित आदिका २०७२ सालमा बाँकी रहेका मुद्यालाई संविधान संशाेधन गर्दै गएर संघीयता र प्रदेश सरकारलाई पूर्ण कार्यान्वयनमा लानुपर्नेछ ।

हरेक समस्याकाे बाटाे हुन्छ भनिन्छ जस्तै तत्काल माओवादी-प्रचण्डले काँग्रेसलाई एमालेसँग मिल्न दिएर माथिका सम्भावित राजनीतिक दुर्घटनाहरू राेक्नलाई छलछाम र सुथनी सत्तारूढ राजनीति छाेडेर समयछँदै अलायन्समा ठूलाे पार्टी काँग्रेसलाई राष्ट्र र सरकारप्रमुख सबै तत्काल छाेड्नुपर्छ र २०८४ काे निर्वाचनसम्म ने केवल माओवादी अपितु एकीकृत समाजवादीलाई पनि सरकारमा केवल केही मन्त्रालय संघीय सरकारमा लिई काँग्रेसलाई सरकार हाँक्न दिने भने प्रदेशमा उपस्थिति अनुसार दलहरूले लिएर अब साे पछि सरकार बनाउने-ढाल्ने नगरी २०८४ काे चुनावमा भाग लिनुपर्छ ।

अवश्य पनि जुन दल अलायन्स पार्टनरमा ठूलाे छ, उसले नै प्रमुख नियुक्तिहरू पनि लिनेछ, भारतमा पनि त्यहि अभ्यास हाे । माओवादीले कि त एक्लै चुनावमा गएर सरकार बनाउन सक्नुपर्याे, नेपालमा कम्युनिस्टकाे केन्द्र बन्न सक्नु पर्याे वा, एमालेसँग नै अब जाने चाहे जे सुकै हाेस् भएर बढ्नुपर्याे वा, यी केही नभए काँग्रेससँग माथि उल्लेखित विश्वव्यापी लाेकतान्त्रिक अभ्यासमा जानुपर्याे जसले माओवादीले अजेण्डामा फाेकस गर्दै बिस्तारै ठूलाे दल बन्दै जानेछ । तर माओवादीले सुथनीकाे राजनीति भने तत्काल बन्द गर्नुपर्छ !

(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय