‘सृजन-मन्त्र’ पुस्तक बारे

प्रा. खगेन्द्रप्रसाद भट्टराई

नेपाली काँग्रेस केन्द्रीय कार्यालयका पूर्व मुख्य सचिव सह—प्राध्यापक बसन्त कुमार गौतमद्वारा लिखित सृजन-मन्त्र शीर्षकको पुस्तक पढिसकें । २०८० सालमै केही महिना अगाडी मात्र प्रकाशित यो पुस्तक २०४ पृष्ठको छ । पुस्तक अत्यन्त गहन विषयमा लेखिएको छ । पुस्तकले यो ब्रम्हाण्डको सृष्टिभन्दा पहिले के थियो र ब्रम्हाण्डको सृष्टि कसरी भयो भन्ने बारेमा बताउँछ । लेखक गौतमले ऋग्वेदको दशौं मण्डलको १२९औं सूक्त, नासदीय सूक्त, को बारेमा गहिरो अध्ययन गरेका छन् ।

नासदीय सूक्त अनुसार सृष्टिभन्दा पहिले केही पनि थिएन । सत् थिएन, असत् थिएन । आकाश थिएन । अन्तरिक्ष थिएन । लोकहरु थिएनन् । सूर्य, ताराहरु आदि केही थिएनन् । जीवन थिएन, मृत्यु थिएन, न त अमरत्व नै थियो । रात थिएन, दिन थिएन । सबैतिर शून्यता नै शून्यता थियो । अन्धकारै अन्धकार । कार्य थिएन, न थियो कारण । केही थियो भने अनुप्राणित स्व-उर्जा थियो । ‘त्यो एक’ थियो । ‘त्यो एक’ भनेको ‘ब्रम्ह’ हो । यो कुरा प्राचीन ऋषीहरुले आत्म चिन्तन गरेर पत्ता लगाए र उनीहरुले थाहा पाए सत् (अस्तित्व) र असत् (अनस्तित्व)- को सम्बन्ध । ब्रम्हको इच्छा (बीज) प्रकट भयो र लयबद्धरुपमा सृष्टिको विस्तार भयो । सृष्टिको विस्तार सूर्यको किरण जस्तै चारैतिर र तलमाथि फैलियो । तर कुन विधिले सृष्टि भयो ? के कारणले भयो ? किन भयो ? कसैले भन्न सक्तैन । कसैको पनि दृष्टि त्यहाँ पुग्न सक्तैन । देवताहरुले पनि जान्दैनन् । किनभने उनीहरु पनि पछिका हुन् । यदि कसैले जान्दछ भने त्यही सृष्टिकर्ताले जान्दछ । हुनसक्छ, उसले पनि जान्दैन ।

लेखकले नासदीय सूक्तको अंग्रेजी, हिन्दी तथा नेपाली भाषामा गरिएका केही अनुवादहरुलाई पुस्तकमा समावेश गरेका छन् । नासदीय सूक्तका ७ मन्त्रहरु छन् । तिनीहरुलाई संस्कृतबाट अंग्रेजीमाMax Muller, H. H. Wilson, Ralf T. H. Griffith, Wendy Doniger O’ Flaherty, A. L. Washam, Swami Vivekananda आदिले अनुवाद गरेका छन् भने प्रो. जयवीर सिंह, प्रा. आमोद आचार्यले हिन्दीमा अनुवाद गरेका छन् । प्राध्यापक आमोद आचार्य, तिलक प्रसाद लुइटेल र प्रसन्न गौतमले नेपालीमा ।

H. H. Wilson ले नासदीय सूक्तलाई यसरी अंग्रेजीमा अनुवाद गरेका छन् ः

Rig-veda Mandala 10, Hymn 129
Creation. Nasadiya Sukta
(Not the non-existence)

1.The non-existent was not, the existent was not; then the world was not, nor the firmament, nor that which is above (the firmamanet). How could there be any investing envelope, and where? Of what (could there be) felicity? How (could there be) the deep unfathomable water?

2. Death was not nor at that period immortality, there was no indication of day or light. THAT ONE unbreathed upon breathed of his own strength, other than THAT there was nothing else whatever.

3. There was darkness covered by darkness in the beginning, all this (world) was undistinguishable water; that empty united (world) whichwas covered by a mere nothing, was produced through the power of authority.

4. In the bginning there was desire, which was the seed of mind; sages having meditated in their heartshave discovered by their wisdom the connexion of the existent with the non-existent.

5. Their ray was stretched out, whatever across, or below, or above; (some) were shadders of seed, (others) were mighty; food was inferior, the eater was superior.

6. Who really knows? Who in this world may declare it? Whence was this creation, whence was this engengered? The gods (were) subsequent to the world’s creation, so who knows whence it arouse?
7. He from whom this creation arouse, he may uphold it, or he may not (no one else can); he who is its superintendent in the highest heaven, he assuredly knows, or if he knows not (no one else closes). (Pages- 26; 27).

प्रो. जगवीरले गरेको हिन्दी अनुवाद यस प्रकारको छ ः
१) असत् नहीं तब, ना ही सत् था, अम्बर नहीं था, न ही पार फैला हुआ महाआकाश, आवृत क्या था, छिपा क्या था और कहाँ, किसने थामा था इसे, तब तो अगम अगाध जल भी कहाँ था ।

२) मृत्यु नहीं थी वहाँ, ना ही अमर जीवन, रात नहीं थी, ना दिन के प्रकाश का संकेत था कोई, तब स्वयंभू, वह एक केवल एक था, विना हवा के सांस लेता हुवा उस के सिवा कोई दूसरा नहीं था ।

३) अंधेरा था वहाँ- अंधेरे से ढका हुआ, अंधकार था हर तरफ, था तो बस निराकार शून्य, तपस की महा उर्जा से उतपा हुआ पुञ्ज ।

४) फिर पहले पहल, कामनाका हुआ उभार, मनका आदि अनादि बीज, अन्तर की सुझवाले मुनि जनो ने समझ लिया था भलि भांति रिश्ता क्या है अस्तित्व का अनस्तित्व के साथ ।

५) फैला दिया उन्होंने अपने सूत्र को महाशून्य के आर पार, उपर वार और नीचे भी सृजनशील शक्तियां तत्पर थी वहाँ, नीचे उपर की उष्मा-असीम उर्जा ।

६) कौन जानता है, कैसे उत्पन्न हुआ ये संसार, देवताओं का भी बाद में हुआ प्रादुर्भाव, ना जाने रची गई कैसे ये रचना, कौन है सृष्टि का कर्ता, कर्ता या अकर्ता

७) अन्तर्यामी कौन है, उँचे अम्बर बाली इस धरा का वही जानता है, जो है स्वामी जिसका, या फिर शायद वो भी नहीं जानता । (पृष्ठ ४८, ४९)

तिलक प्रसाद लुइटेलले नासदीय सूक्तलाई नेपालीमा यसरी अनुवाद गरेका छन् ः

१) प्रलयकालमा पञ्चमहाभूत आदि सृष्टिको अस्तित्व थिएन र अभावग्रस्त असत् सृष्टिको अस्तित्व पनि थिएन । त्यस बेला भूलोक, आकाश र आकाशभन्दा परको लोक पनि थिएन । सबैलाई ढाक्ने ब्रम्हाण्ड पनि थिएन । कसको स्थान कहाँ थियो ? अगाध र गहिरो जलको अस्तित्व त्यस बेला कहाँ थियो ?

२) त्यस बेला न मृत्यु, न अमरताकै अस्तित्व थियो । दिन र रातको ज्ञान थिएन । प्राणवायु पनि थिएन । एक मात्र ब्रम्हको अस्तित्व थियो । अन्य कुनै कुराको अस्तित्व थिएन त्यस बेला ।

३) सृष्टिभन्दा पहिले प्रलय कालमा सम्पूणर् विश्व मायावी अज्ञान नामका अन्धकारले ग्रस्त थियो । सबै अव्यक्त र सर्वत्र एकै किसिमको प्रवाह थियो । उस बेला चारैतिर सत् वा असत् तत्वले ढाकेको थियो । एउटा अविनाशी तत्व तपस्याको प्रभावले उत्पन्न भयो ।

४) सर्वप्रथम परब्रम्ह परमात्माका मनमा विराट सृष्टि उत्पन्न गर्ने इच्छा प्रकट भयो । उसै मनबाट सबैभन्दा पहिले उत्पतिको कारण उत्पन्न भयो । मेधावी ज्ञानीले विवेक बुद्धिले हृदयमा विचार गरेर व्यक्त नहुने असत्बाट सत् तत्वको उत्पत्ति स्थान ठम्याए ।

५) वीडा धारण गर्ने देवताको प्रकाश तर्सो भएर तल र माथि फैलियो र देवताका महिलाले जल प्रेरित गरे । स्वाधाको भोग्यस्थान तल र प्रयतिको स्थान माथि स्थिर गराए ।

६) यो सृष्टि कहाँबाट र कसरी उत्पन्न भएको हो भन्ने कुरा कुन मानिसले जान्दछ र कसले भन्न सक्दछ ? किनभने विद्वानहरु पनि सृष्टिभन्दा पछि नै उत्पन्न भएका हुन् । त्यसैले सृष्टि उत्पन्न कसरी भयो भन्ने कुरो उचित रुपमा बुझ्न को सक्ला ?

७) यस सृष्टिको उत्पादन कहाँबाट भयो, कसले रचना गरेको हो र कसले गरेको होइन, यी सबै कुरा एक मात्र परमेश्वरले जान्दछन् । परमधाममा रह्ने उनी सृष्टिका अध्यक्ष हुन् । हुन सक्छ, उनले पनि यस सम्बन्धमा पूरा जानेका छैनन् कि ? ( पृ. ५३; ५४)

तल दिइएको नेपाली अनुवादको प्रत्येक मंत्रलाई लेखकले व्याख्या गरेका छन् र आधुनिक विज्ञानले प्राप्त गरेको ज्ञानको सन्दर्भलाई पनि जोडेका छन् ः

१) त्यस बखत असत् थिएन, थियो न त सत् नै पनि न त थिए लोकहरु, न व्योम, न व्योमोतर अनि के थियो ? कहाँ ? कसरी ? आवरण केको थियो र ? थियो र केही गहन, थिएन केही गम्भीर ॥१॥

२) थिएन त्यहाँ मृत्यु, थिएन अमरत्व नै
न रात्रीको, न दिवसको, थियो अनि संकेत कुनै
थियो तब मात्र त्यो एक, अनुप्राणित स्व-उर्जाले
अरु केही त्यस बखत, थिएन केही कहीं कतै ॥२॥

३) थियो तम तमसाच्छादित, थियो सर्वत्र शून्यता,
जे थियो, थियो अज्ञात, जलरुपी गतिशीलता,
थियो अभाव कार्य-कारण, समाविष्ट निराकार
त्यस एकको तपसले भयो, सृजनको लयबद्धता ॥३॥

४) भयो संकल्प तब जाग्रत, परम एकमा इक्षण भयो
पूणर् कर्म संचय, मनमा आदि बीज उत्पन्न भयो,
असत्बाट सत्को तब, अस्तित्व प्रादुर्भाव भयो
दृष्टिद्वारा कविको सत्-असत् सम्बन्ध देखापर्‍यो ॥४॥

५) सूर्य-रश्मि सदृश व्यापक फैलियो सम-भावले,
भए भोक्ता ती उत्कृष्ट, भोग्य निकृष्ट हुने भयो,
शक्ति जो हो सृजनको त्यो, अधःउर्धव सबैतिर
भयो विस्तृत गतिमान, उष्मा-उर्जा रही रह्यो ॥५॥

६) कुन विधिले भयो सृष्टि, कारण के सृष्टिको ? किन ?
कसले जान्दछ भन्दछ ? दृष्टि कसको त्यहाँ पुग्दछ ?
देव आए सृष्टि पश्चात्, उनका लागि पनि अज्ञात
निमित्त कारण जसो जे छ, त्यो जान्नेले भने हुन्छ ॥६॥

७) सृष्टि प्रकट गरे जसले, धारण पनि गरे उनले
परम-धाम आसीन जो छ, प्रतिष्ठित छ आनन्दले,
त्यही एक सच्चिदानन्द, जान्दछ सृष्टि र लय
कसले जान्दछ त्यस बाहेक, गरौं चिन्तन आनन्दले ॥७॥ (पृष्ठ ५८-५९)

नासदीय सूक्त अनुसार यसरी ब्रम्हाण्डको सृष्टिको बारेमा यही नै सत्य कुरा हो भनेर भन्न सकिंदैन । यो रहस्यमय छ । हामी केवल अनुमान मात्र गर्न सक्तछौं । लेखकले यही कुरा पुस्तकमा लेखेका छन् । उनी भन्दछन्, ‘ब्रम्हाण्डको सृष्टि र ब्रम्हाण्ड एउटा यस्तो महाकाव्य हो, जसको प्रथम अध्याय लेख्दै लेखिएन र अन्तिम अध्याय लेखिने छैन । तसर्थ, नासदीय सूक्तका सम्पूणर् मन्त्रहरुको निष्कर्श हो- सृष्टिको सम्पूणर् ज्ञान मानवलाई कहिल्यै पनि प्राप्त हुन सक्दैन, सृष्टिबारे हामी अनुमान मात्र गर्न सक्दछौं ।’ (लेखकीय प्रथम पृष्ठ)

लेखक भौतिकशास्त्रका प्राध्यापक हुन् । उनले ब्रम्हाण्डको सृष्टि बारे आधुनिक विज्ञानले अगाडि सारेका अवधारणाहरुलाई पनि पुस्तकमा समावेश गरेका छन् । केही हुन्- स्थिर स्थिति सिद्धान्त (Qmeady Qmate Theory), महाविष्फोटक सिद्धान्त (Big Bang Theory), जीवकेन्द्रीयता (Biocentrism), त्रिआयामिक बिम्बचित्रीय ब्रम्हाण्ड (Homographic Universe), पूर्ण अभावबाट ब्रम्हाण्ड (Universe from Nothing), स्पन्दनयुक्त ब्रम्हाण्ड (The Pulsating Universe), सनातन विस्तार (Eternal inflation), अनुरुप चक्रीय प्रतिरुप (Conformal Cyclic Model), प्लाज्मा ब्रम्हाण्ड (Plasma Universe), बहुब्रम्हाण्ड (Multi-Universe) आदि ।

माथि दिइएका अवधारणाहरुमध्ये सृष्टि सम्बन्धमा महाविष्फोट सिद्धान्तलाई धेरै वैज्ञानिकहरुले मान्यता दिइएको भनिएको छ । यस सिद्धान्त अनुसार सृष्टि एक विन्दुत्व (क्ष्लनगबिचष्तथ)- मा महाविष्फोट भएर भएको हो । यो पनि एक अनुमानको कुरा हो । कति वैज्ञानिकहरु यो कुरालाई मान्न तयार छैनन् । भिन्न मत र विवाद जारी नै छन् । यसरी आधुनिक विज्ञानले पनि अहिलेसम्म सृष्टिका सम्बन्धमा के होला भन्न सकिंदैन ।

पुस्तकमा वैदिक दर्शन तथा आधुनिक विज्ञान दुवैले सत्यको खोजी गर्छन् भनिएको छ । तर बाटाहरु फरक छन् । आधुनिक विज्ञानले प्रयोगको आधारमा सत्य पत्ता लगाउन खोज्छ र पदार्थबाट चेतना उत्पन्न हुन्छ भन्छ भने वैदिक दर्शनले सत्य आत्मचिन्तनबाट उद्घाटित हुन्छ र चेतनाबाट पदार्थको अस्तित्व हुन्छ भन्ने मान्यता राखेको पाइन्छ । विज्ञानको विषयवस्तु पदार्थ हो भने वैदिक दर्शनको आध्यात्मिकता ।

प्रा. वीरेन्द्र मिश्रले पुस्तकको बारेमा ‘दुई शब्द’ लेख्नुभएको छ । उहाँको अभिव्यक्ति गहकिलो छ: अन्त्यमा, लेखक वसन्त कुमार गौतमले बडो मिहिनेत गरेर यो पुस्तक लेखेका छन् । नेपाली, अंग्रेजी र हिन्दी भाषामा लेखिएका धेरै पुस्तकहरुको गहन अध्ययनपछि यो पुस्तक यस रुपमा आएको छ । सृष्टिका सम्बन्धमा वैदिक दर्शन र आधुनिक विज्ञानका मान्यताहरु बारे पढ्न पाइन्छ । शुरुदेखि अन्त्यसम्म नै नासदीय सूक्तले के भनेको हो भनेर पाठकलाई बुझाउन खोजिएको छ । लेखकले मंत्रहरुको राम्रो व्याख्या गरेका छन् । तर कुनै कुनै मंत्रको व्याख्या अलि लामो र क्लिष्ट अर्थात्, अस्पष्ट जस्तो लाग्दछ । कुराहरु दोहोरिरहेको जस्तो भान हुन्छ; तर यसले पाठकलाई पुस्तकको मर्म बुझ्न सहयोग नै गरेको छ ।

यति गहन पुस्तक लेखन सफल भएकोमा लेखक गौतमलाई धेरै धेरै बधाई !

(यस समालोचनाका लेखक नेपाल प्राध्यापक संघका पूर्व अध्यक्ष हुन्)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय