सामाजिक सञ्जाल र यसको यथार्थ
बन्दना पोख्रेल भण्डारीइन्टरनेट विस्तार र प्रविधिमा सहज पहुँचलेले पछिल्लो समय सामाजिक सञ्जाल सबैको साथी बन्दै आएको छ। आफ्ना आफन्त साथीसँगी सँग निकट हुन, आफ्ना भावना अरुसम्म पुर्याउनमात्र नभएर सूचनाको प्रभावकारी माध्यमका रुपमा पनि फेसबुक, इन्स्टा टिकटक जस्ता सामाजिक सञ्जालको भूमिका देखिएको छ ।


युवकयुवती मात्र हैन बालबालिका र प्रौढ अवस्थाका सर्वसाधारण पनि सामाजिक सञ्जालमा झुम्मिरहेको पाइन्छ। लोकप्रियता बढेसँगै सामाजिक सञ्जालको दुरुपयोग र त्यसका गम्भीर परिणाम पनि सार्वजनिक भइरहेका छन।
सामाजिक सञ्जाललाई सहि सदुपयोग भन्दा पनि रिस, आशङ्का, भय, भ्रम, विभाजन, ध्रुवीकरण अनि अविश्वास र घृणा पोख्ने थलोको रुपमा परिमार्जन गरिनु बाट पनि धेरै अनिस्ट हुँदै गएको देखिन्छ ।
सजग मानिने मानिसका एक पङ्ती पनि मूलधार मानिने छापा, रेडियो, टेलिभिजनको तुलनामा सामाजिक सञ्जालमा आएका सूचना सामग्रीलाई पत्याएर विचार निर्माण गर्न थालेका छौं । जसले गलत कुरालाई बढि प्रोत्साहित गरेको देखिन्छ।
सामाजिक सञ्जालको गलत प्रयोजनले निम्ताएका घटनाहरु को ब्याख्या र बयान याह गर्न थाले भने एउटा उपन्यास नै बन्छ त्यसैले सटिक रुपमा बुझ्नको लागि नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार, देशभित्रका साइबर अपराधमध्येका ९५ प्रतिशत घटना सामाजिक सञ्जालसँग सम्बन्धित छन् । फेसबूक, टिकटक आदिमा ‘भाइरल’ बन्ने प्रवृत्ति झाँगिएसँगै विभिन्न दुर्घटना र मनोसामाजिक समस्या पनि निम्तिएका छन् । इन्टरनेटबाट हुने वित्तीय अपराध पनि बढ्दै छ ।
यसो भनिरहदा के सामाजिक सञ्जाल नै समस्या हो त ? पक्कै होइन । मूलधारबाट बहिष्करणमा परेका, पारिएकाहरूले आफ्ना विचार सार्वजनिक गर्न वैकल्पिक मञ्च पाएको अर्थमा सामाजिक सञ्जाल यस्तो प्लेटफर्म हो, जसले हाम्रो दैनिकी लाई उन्नत बनाउन सघाउँछ, जसको प्रमाण हरेक समयमा देखिँदै आएको पनि छ । तर, पछिल्लो समय सामाजिक सञ्जालमा हावी मिथ्या सूचना तथा अफवाह र गलत प्रयोजनले मानिसको जिवनमै सबैभन्दा ठूलो चुनौती बनिरहेको छ ।
त्यसैले सामाजिक सञ्जालको सहि सदुपयोग गरौ। यसबाट हुने नकारात्मक पाटोलाइ निर्मुल पारौ।
Comments
